काठमाडाैं । गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।
बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको स्थलगत निरिक्षण गर्दै मन्त्री गुरुङले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक सेवा प्रदान गर्न निर्देशन दिए ।
साथै उनले प्रहरी सेवामा प्रविधिको प्रयोगको सन्दर्भमा सरकारले आवश्यक व्यवस्थापन गर्ने प्रतिवद्धता जनाएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए ।
निरिक्षणका क्रममा गृहमन्त्री गुरुङले परिसरबाट भइरहेको कामकारवाही सेवा प्रवाह र अपराध अनुसन्धानका विषयमा जानकारी लिएको परिसर प्रमुख एसएसपी थापाले बताए ।
त्यस्तै एसएसपी थापाले काठमाडौंमा १३ सय भन्दा बढि सीसिटिभी रहेकोमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि ९ सय ३७ वटा सीसिटिभी पुनः जडान भइसकेको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ चैत्र २०८२, १४ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले ट्राफिक प्रहरी बोलाएर आफ्नै र गृहसचिवको गाडीबाट कालो सिसा हटाउन लगाए
‘लागुऔषधको ओसारपसार र दुरुपयोग न्यूनीकरण गर्न सबै संरचना परिचालन गर्छौँ’: गृहमन्त्री गुरुङ
रास्वपा महाधिवेशनमा गृहमन्त्री गुरुङद्वारा मतदान
‘विपद् व्यवस्थापनमा कानुन बाधक’ : गृहमन्त्री गुरुङ
राजदरबार हत्याकाण्डको छानबिन प्रक्रिया अघि बढाउने गृहमन्त्री गुरुङको निर्णय
गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, आजै शपथ