रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

सफल खबर संवाददाता

विहीबार, ०३ बैशाख २०८३, १६ : ३८
रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा अन्तर्गतको संसदीय दलको उपनेतामा सांसद गणेश पराजुलीलाई चयन गरेको छ ।

संसदीय दलको आज बसेको बैठकले पराजुलीलाई उपनेताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

यसअघि संसदीय दलको नेतृत्व प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले सम्हाल्दै आएका छन् ।

 

प्रतिक्रिया दिनुहोस