काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको छ । यसका लागि इराकमा काम गरिरहेका नेपालीलाई श्रम स्वीकृति प्रदान गर्ने भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा शुक्रबार (पुस ११) बसेको मन्त्रिपरिषद्को बैठकले इराकमा रहेका नेपालीलाई अभिलेखीकरणमा ल्याउने निर्णय गरेको हो ।
परराष्ट्र र कानुन मन्त्रालयको सहमतिमा श्रम मन्त्रालयले इराकमा रहेका नेपालीलाई अभिलेखमा ल्याउन मन्त्रिपरिषदमा प्रस्ताव पेस गरेको हो ।
बैठकले इराकको आवासीय कार्ड भएका नेपालीलाई नेपाल आएको बखत आवेदन दिएमा श्रम स्वीकृति दिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ पुस २०८२, २० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज मन्त्रिपरिषद्को बैठक बस्दै
मन्त्रिपरिषद्को बैठक आज बस्दै
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
गणेश ठाडा मगरलाई एआईजीमा बढुवा गर्ने मन्त्रिपरिषद्को निर्णय
प्रधानमन्त्री ओलीद्वारा मन्त्रिपरिषद् बैठक आह्वान
मन्त्रिपरिषद्का ९ निर्णय सार्वजनिक (सूचीसहित)