काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तरगत दोस्रो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्स (केकेआर)लाई ६ विकेटले हराउँदै १४ वर्षदेखि जारी ओपनिङ खेलमा हारको श्रृंखला अन्त्य गरेको छ।
यसअघि मुम्बईले सन् २०१२ पछि पहिलो खेल जित्न सकेको थिएन ।
वानखेडे रंगशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको केकेआरले २० ओभरमा ४ विकेट गुमाउँदै २२० रन बनायो । त्यसको जवाफमा मुम्बईले १९.१ ओभरमा ४ विकेट गुमाएर २२४ रन बनाउँदै लक्ष्य पूरा गर्यो ।
मुम्बईका लागि रोहित शर्मा र रेयान रिकेल्टनले उत्कृष्ट सुरुआत दिलाए । दुवैले पहिलो विकेटका लागि ११.५ ओभरमा १४८ रनको साझेदारी गरे ।
रोहित शर्माले ३८ बलमा ६ चौका र ६ छक्का सहित ७८ रन बनाए । उनले २३ बलमै अर्धशतक पूरा गर्दै आईपीएल करिअरकै सबैभन्दा छिटो अर्धशतक बनाएका हुन् । यो उनको आईपीएलको ५०औं अर्धशतक पनि हो ।
रेयान रिकेल्टनले ४३ बलमा ८ छक्का र ४ चौका सहित ८१ रनको आक्रामक पारी खेले । त्यसपछि सूर्यकुमार यादवले १६ रन, तिलक वर्माले २० रन र हार्दिक पाण्ड्याले १८ रन जोड्दै टोलीलाई जितसम्म पुर्याए ।
रोहित शर्मा र रेयान रिकेल्टनबीचको १४८ रनको साझेदारी मुम्बईका लागि आईपीएल इतिहासकै तेस्रो ठूलो साझेदारी बन्यो ।
यसअघि केकेआरका लागि अजिंक्य रहाणेले ४० बलमा ६७ रनको उत्कृष्ट पारी खेले भने अंगकृष रघुवंशीले २९ बलमा ५१ रन बनाए । फिन एलनले १७ बलमा ३७ रन बनाउँदै तीव्र सुरुआत दिलाएका थिए । अन्त्यतिर रिंकू सिंहले ३३ रन जोडे ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १६ चैत्र २०८२, ११ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा
आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने