चितवन। सडक विस्तार भइरहेको पूर्व-पश्चिम राजमार्गको दाउन्नेमा पहिरो जाँदा राजमार्ग केहीबेर अवरुद्ध भए पनि एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले दिएको जानकारी अनुसार विनयी त्रिवेणी गाउँपालिका -२ दाउन्नेमा पहिरो खसेपछि केहीबेर राजमार्ग अवरुद्ध भएपनि अहिले एकतर्फी रुपमा सञ्चालनमा आएको आयोजनाका सूचना अधिकारी शिव खनालले बताए ।
उनले भने, ‘ सडक विस्तार आयोजना पूर्वीखण्डमा रहेको पहिरो हटाइयो । तर एक सवारी साधन सडकमै बिग्रिएको कारणले एकतर्फी मात्रै सञ्चालन गर्न सकेका छौं।’ यसअघि दाउन्नेको विश्वकर्मा मन्दिर नजिकै दिउँसो पौने १ बजेतिर पहिरो झरेपछि राजमार्ग दुईतर्फी अबरुद्ध भएको थियो । लगत्तै बुटवल नारायणगढ सडक विस्तार आयोजनाले पहिरो पन्छाउको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २० साउन २०८२, १५ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दाउन्नेमा नागरिकको सास्ती घटेन, व्यापारिहरु निराश
दाउन्ने सडक फेरि अवरुद्ध
दाउन्नेमा सुक्खा पहिरो खस्दा यातायात अवरुद्ध