शीतलहरले बाटो चिप्लो भएपछि दाउन्ने खण्डमा समस्या, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

सफल खबर संवाददाता

बुधबार, १६ पुस २०८२, ०७ : ०७
शीतलहरले बाटो चिप्लो भएपछि दाउन्ने खण्डमा समस्या, वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

शीतलहरका कारण निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा समस्या देखिएको छ । विगत केही दिनदेखि आकस्मिक रूपमा भएको शीतलहरका कारण निर्माणाधीन सडकमा समस्या देखिएको हो । 

सडक सतह चिप्लो हुँदा यातायात आवागमनमा कठिनाइ भएको प्रहरीले जनाएको छ । सडक विभागको आयोजना निर्देशनालयले यात्रुहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ ।

सडकको केही स्थानमा कल्भर्ट तथा सडक ढलानको काम भई एकतर्फी सडक सञ्चालन भइरहेकाले सवारी साधन सञ्चालनमा थप कठिनाइ हुने सम्भावना रहेको आयोजनाले जनाएको छ । 

मौसाममा सुधार नहुञ्जेलसम्म यस सडक खण्डमा यात्रा गर्नुअघि सडकको अवस्थाबारे सही तथा अद्यावधिक जानकारी प्राप्त गरी मात्रै यात्रा गर्न आयोजनाले अनुरोध छ । 

सडक खण्डमा यातायात सञ्चालनमा कुनै अवरोध उत्पन्न भएको अवस्थामा पूर्वपश्चिम राजमार्ग हुँदै आउने र जाने सवारी साधन  नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा हुँदै  बुटवल जान सक्नेछन् । 

यस्तै, कालीगण्डकी चोक (गैंडाकोट) रामपुर पिपलडाँडा हुँदै जान सक्नेछन् । यस्तै काठमाडौंबाट बर्दघाट पश्चिम जानेर बुटवल–काठमाडौं जाने सवारी साधनहरू  काठमाडौं–मुग्लिङ–पोखरा हुँदै यात्रा गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस