काठमाडौँ । चितवनमा ६ दिनदेखि जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि भएको मतदानमा १२८९ मत मात्र खसेको छ।
पाँच जना पदाधिकारीका लागि भएको निर्वाचनमा प्रतिनिधिसंख्याको करिब एक तिहाइ अर्थात् १ हजार २ सय ८९ मत मात्र खसेको हो। रास्वपा केन्द्रीय सदस्यको निर्वचनमा भने २ हजार ९५९ मत खसेको थियो। महाधिवेशन लम्बिएपछि प्रतिनिधिहरू मतदान नगरी फर्किएका छन्।
मतदान सकिएकाले अब केहीबेरमा पदाधिकारीको नतिजा सार्वजनिक गर्ने बताइएको छ । असार ७ गतेदेखि जारी रास्वपा महाधिवेशन शुक्रबार बेलुका समापन गर्ने तयारी रास्वपाको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ असार २०८३, १८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित
रास्वपाकी पूजा बास्तोलाले दिइन् उजुरी
रास्वपाका ९९ सदस्यीय केन्द्रीय समितिमा को को जिते ? (सूची सहित)
रास्वपा महामन्त्रीमा सागर ढकालले गरे उम्मेदवारी घोषणा