काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को उपसभापतिमा सोविता गौतम निर्वाचित भएकी छिन्।
शुक्रबार भएको दोस्रो चरणको पदाधिकारीको निर्वाचनमा डा. तोसिमा कार्कीलाई पराजित गर्दै महिला उपसभापतिमा गौतम निर्वाचित भएकी हुन् ।
त्यस्तै पार्टीको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । महामन्त्रीमा विपिनसँगै मनिष झा, सागर ढकाल र गणेश कार्की उम्मेदवार थिए ।
त्यसैगरी पार्टीको सहमहामन्त्री (खुला) मा हरि ढकाल र असिम शाह निर्वाचित भएका छन् भने सहमहामन्त्री (महिला)मा निशा डाँगी निर्वाचित भएकी छिन् ।
यसअघि पार्टी सभापतिमा रवि लामिछाने र खुला उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका थिए । पहिलो चरणमा ९९ केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ असार २०८३, ०६ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा सहमहामन्त्रीमा असिम शाह र हरि ढकाल विजयी
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपा उपसभापतिमा सोविता गौतम निर्वाचित
रास्वपा पदाधिकारीमा खस्यो १२८९ मत
रास्वपाकी पूजा बास्तोलाले दिइन् उजुरी
रास्वपाका ९९ सदस्यीय केन्द्रीय समितिमा को को जिते ? (सूची सहित)