काठमाडौँ । जवाफदेहिता निगरानी समितिले भदौ २३ र २४ का घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गरेको छ।
समितिले आयोगको पूर्ण प्रतिवेदन सार्वजनिक गरी पीडित समुदाय, नागरिक समाज, सञ्चारमाध्यम र आम नागरिकले जानकारी पाउने अधिकारको सम्मान सुनिश्चित गर्न आवश्यक रहेको जनाएको छ।
समितिका संयोजक राजुप्रसाद चापागाईँले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ कि प्रतिवेदन सार्वजनिक गर्ने वा नगर्ने विषय सरकारको व्यक्तिगत निर्णयको विषय नभई, आम नागरिकले पाउने संविधान प्रदत्त अधिकारसँग सम्बन्धित रहेको छ। छानबिन प्रतिवेदन यथाशीघ्र उपलब्ध गराउनु सरकारको दायित्व हो, विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २६ फागुन २०८२, १५ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाँचबुझ आयोगले भन्यो : ‘सहकारीलाई मनपरी कार्यक्षेत्र विस्तार अनुमति दिनु मुख्य समस्या’
सुरक्षा निकायको समन्वय अभाव र मिथ्या सूचनाको डढेलोः भदौ २३–२४ को ‘राष्ट्रिय क्षति’
‘पूर्वाग्रही’ प्रतिवेदन : एमाले, कार्यान्वयन ‘रास्वपा सरकारको हातमा’ : पूर्व प्रधानमन्त्री भट्टराई
जाँचबुझ आयोगमा बालेनले पठाए लिखित जवाफ
पूर्व गृहमन्त्री लेखकको विदेश भ्रमण र उपत्यका छाड्न नपाउने व्यवस्था जाँचबुझ आयोगद्वारा फुकुवा
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकलाई बयानका लागि बोलायो