रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा. मो. फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आलम २९ हजार ५२८ मत प्राप्त गरी निर्वाचित भएको निर्वाचन अधिकृत सीताराम खड्काले जानकारी दिए ।
आलका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन् ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले ९ हजार ३२५, जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले दुई हजार ९६० तथा र नेकपा (एमाले)का उम्मेदवार मोहम्मद अतिउल्लाहले दुई हजार ३८२ मत प्राप्त गरे ।
यस क्षेत्रमा एक लाख आठ हजार ८७२ मतदाता रहेकामा ७१ हजार ५४६ जनाले मतदान गरेका थिए । जसमा ६६ हजार १४४ मत सदर र पाँच हजार ४०२ मत बदर भएको निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २४ फागुन २०८२, ०८ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसभित्र महाधिवेशन पक्षधर समूहको जोड : एकीकरण वा नयाँ राजनीतिक विकल्पबारे शीघ्र निर्णय आवश्यक
कांग्रेसले फेरि थप्यो सदस्यता अद्यावधिक गर्ने समयावधि
चुनदेवीबाट कांग्रेस संस्थापनइतरको शक्ति प्रदर्शन सुरु, आजदेखि सम्पर्क कार्यालय सञ्चालन
काँग्रेसका १९ नेता-कार्यकर्ताले गरे सामूहिक राजीनामा घोषणा
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै