लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

एजेन्सी

आइतबार, २४ फागुन २०८२, ०६ : ५२
लेबनान आक्रमणमा २६ जनाको मृत्यु, घाइतेको सङ्ख्या बढ्दै

एजेन्सी । लेबनान र संयुक्त अरब इमिरेट्समा पछिल्ला केही दिनका आक्रमण र झडपमा मृत्यु र घाइतेको सङ्ख्या बढेको छ ।

लेबनानको पूर्वी क्षेत्रमा शनिबार भएको झडपमा कम्तीमा २६ जनाको मृत्यु भएको छ । घटनास्थल नबी चित–हाम क्षेत्रमा चार इजरायली हेलिकोप्टरले अवतरण गरेपछि हिजबुल्लाहका लडाकूहरूले उनीहरूलाई भेट्टाउँदै गोलीबारी गरेका थिए । स्थानीय बासिन्दाहरू पनि यस झडपमा सहभागी भएका थिए ।

इजरायली सेनाका फाइटर जेट र हेलिकोप्टरले उक्त क्षेत्रमा करिब ४० हवाई आक्रमण सञ्चालन गरेका थिए । झडपमा लेबनानी सेना, सुरक्षा कर्मी र सामान्य नागरिकहरू मारिएका थिए ।

यस अघि शुक्रबार इजरायली हवाई सेनाले नबी चित र वरिपरिका क्षेत्रमा १३ हवाई आक्रमण गरेका थिए । यो घटनाक्रम हिजबुल्लाहद्वारा सोमबार इजरायलतर्फ प्रक्षेपित गरिएका रकेटपछिको पहिलो ठूलो द्वन्द्व हो ।

प्रतिक्रिया दिनुहोस