सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सफल खबर संवाददाता

शुक्रबार, १५ फागुन २०८२, १३ : ०२
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा पाँच सय रुपैयाँले घटेर तीन लाख १४ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदीव्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन तीन लाख १५ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी १५ रुपैयाँले बढेर तोलामा ५ हजार ७४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी ५ हजार ७२५ रुपैयाँमा कारोबार भएको थियो । 

प्रतिक्रिया दिनुहोस