काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीको १५औँ महाधिवेशनमा सभापतिमा आफ्नो आकाङ्क्षा रहेको स्पष्ट पारेका छन् ।
भण्डारीले आज सामाजिक सञ्जाल फेसबुकमार्फत सभापति पदप्रति आफ्नो आकाङ्क्षा रहेको उल्लेख गर्दै जसरी आवश्यक पर्छ त्यसैगरी अघि बढ्न तयार रहेको बताएका छन् । उनले देश, जनता, प्रजातन्त्रको हित र सङ्गठनको आवश्यकताअनुसार उभिन तयार रहेको उल्लेख गरेका छन् ।
उनले साथीहरूको जिज्ञासा मेरो धारणा भन्दै लेखेका छन्– ‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदप्रति मेरो आकाङ्क्षा स्पष्ट छ, दृष्टिकोण पनि उति नै निर्धारित ! तर देश, जनता , प्रजातन्त्रको हित र सङ्गठनको आवश्यकता जहाँ उभिन्छ, त्यहीअनुसार शून्यदेखि सयसम्म- जसरी आवश्यक पर्छ, त्यस्तै रूपले अघि बढ्न तयार छु।’
भण्डारीले साथीहरूको सुझाव, समयको माग र राजनीतिक बजारलाई सम्मान गर्दै कदम चाल्ने स्पष्ट पारेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ मंसिर २०८२, १० : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद् पुनर्स्थापना गरेर जेन–जीका माग सम्बोधन गर्नुपर्छ : चन्द्र भण्डारी
अनुशासनको कारबाही प्रतिशोधमात्रै : चन्द्र भण्डारी
ईसीडीलाई दुई वर्ष बनाउनु व्यावहारिक हुन्छ : चन्द्र भण्डारी