सिरहा । सिरहाको औरहीबाट प्रहरीले १४ लाख रुपैयाँ नगदसहित २१ वर्षीय युवकलाई पक्राउ गरेको छ।
औरही गाउँपालिका-५ औरही चोकबाट स्रोत नखुलेको नगद १४ लाख रूपैयाँसहित सिराहाकै बरियारपट्टी गाउँपालिका-३ शिवनगर बस्ने २१ वर्षीय संजित कुमार यादवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार प्रहरी चौकी औरहीबाट खटिएको प्रहरीले स.१० प ४०५ नम्बरको मोटरसाइकलसहित यादव पक्राउ परेका छन्।
उनको साथबाट १४ लाख नगदसँगै एक थान मोबाइल पनि बरामद भएको छ।
उनलाई जिल्ला प्रहरी कार्यालय सिराहाको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० फागुन २०८२, १० : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ
नवलपरासीमा माओवादी उम्मेदवारमाथि कुटपिट गर्ने रास्वपा कार्यकर्ता पक्राउ
ठगी गरेको अभियोगमा तीन जना पक्राउ
दुर्गा प्रसाईँ पक्राउबारे आम जनता पार्टीको आपत्ति
दुर्गा प्रसाईँ पक्राउबारे आम जनता पार्टीको आपत्ति
नौ सय ५५ केजी गाँजासहित दुई जना पक्राउ