संखुवासभा । संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ। संखुवासभाको रिताक आसपास केन्द्रबिन्दु भएर आइतबार बिहान भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ः३१ बजे रिताक केन्द्रबिन्दु भएर चार दशमलव एक ४ दशमलब १ रेक्टरस्केलको भूकम्प गएको हो।
भूकम्पले क्षति भए नभएको भने यकिन जानकारी प्राप्त भएको छैन। यसअघि गत माघ २८ गते लमजुङ जिल्लाको बन्सार आसपास केन्द्रविन्दु भएर ३.९ रेक्टरस्केलको भूकम्प गएको थियो।
नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समयमा भूकम्प जाने गरेको छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १० फागुन २०८२, ०९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कास्कीको मिजुरेडाँडा आसपासमा भूकम्पको धक्का
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको भूकम्प, जनधनमा क्षति
इन्डोनेसियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
मुगुमा ४ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
बझाङमा भूकम्पको धक्का