काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सडक निर्माणको लागि कानुन सुधारको आवश्यकता रहेको बताएका छन् ।
सर्लाही ४ गोडैतामा आयोजित पार्टीको चुनावी सभालाई सम्बोधन गर्दै उनले विकासको गति कसैलाई रुखमा झुन्ड्याएर नबढ्ने बताएका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)लाई लक्षित गर्दै सभापति थापाले टिप्पणी गर्दै भने, ‘‘सडक समयमै बन्न कम्तीमा पनि ४१ वटा कानुनले अवरोध सिर्जना गर्दो रहेछ। सबैभन्दा पहिलो कुरा नेपालमा सस्तोमा काम गर्नेले ठेक्का पाउने होइन कि गुणस्तरीय काम गर्छु र चाँडो सक्छु भन्नेले ठेक्का पाउने कानुन नबनाउने बेलासम्म जसले सस्तोमा गर्यो भने त्यसले काम पाउने। चाहे वडामा गरोस्, चाहे नगरमा गरोस्, चाहे ठुलो बाटोमा गरोस्। त्यो गर्ने बेलासम्म जति चटक गर्छु भनेर आएपनि त्यो कानुन रहने बेलासम्म कसैले पनि काम समयमा सम्पन्न गराउन नसक्ने रहेछ।’
।
विकासको गति सुधार गर्नका लागि कानुनी संरचनामा सुधार गर्नुपर्ने बहस गर्नुपर्ने बेला छिटो काम नगरे रुखमा झुन्ड्याइदिन्छु भन्ने सोच सुनिएको सभापति थापाले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०९ फागुन २०८२, १९ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन
बालेनका लागि सिंहदरबारमा प्रधानमन्त्रीको कार्यकक्ष तयारी पूरा
बालेनले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने
विधान संशोधन गर्दै रास्वपा, बालेन शाहलाई दल नेता चयन गर्ने तयारी
झापा-५ मा बालेनको फराकिलो जित, ओली ४९ हजार ६१४ मतान्तरले पराजित