काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापा निर्वाचन क्षेत्र नं ५ का उम्मेदवार बालेन्द्र शाह (बालेन)लाई दोस्रो पटक स्पष्टीकरण सोधेको छ ।
आयोगका अनुसार शाहको निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित श्रव्यदृश्य सामग्री प्राप्त भएपछि दोस्रो पटक स्पष्टीकरण माग गरिएको हो । उक्त सामग्रीमा सादा पोसाकका प्रहरी शाहका लागि भोट माग्दै गरेको देखिएको उजुरी आयोगमा परेको आयोगले सोमबार जनाएको छ ।
शाहको निर्वाचन प्रचारका क्रममा उनकी श्रीमतीसँग सादा पोसाकका प्रहरी खटिएको विषयमा आयोगले चासो व्यक्त गरेको छ । यस सम्बन्धमा के कसो भएको हो भन्ने विषयमा स्पष्ट जवाफ माग्दै आयोगले शाहलाई तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।
निर्वाचन आचारसंहिता, २०८२ विपरीत हुने गतिविधिमा उम्मेदवार वा उनका तर्फबाट संलग्न व्यक्ति रहेको पाइएमा प्रचलित निर्वाचन कानुनअनुसार कारबाही हुने आयोगले जनाएको छ ।
यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा कमेन्टमा गरेको विषयमा पनि आयोगले बालेनलाई स्पष्टीकरण सोधेकेो थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ माघ २०८२, १८ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'देश बनाउने टोली' भन्दै बालेनले गरे गृहमन्त्री र पूर्वाधारमन्त्रीसँगको तस्वीर सार्वजनिक
फेसबुकमा सचिवमाथि मजाक गर्दै प्रधानमन्त्रीले भने, ‘मलाई पनि एम्बासडर बन्न मन छ’
बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने
बालेन शाहविरुद्ध १२ वर्ष पुरानो ‘र्याप ब्याटल’लाई लिएर उजुरी
प्रधानमन्त्री बालेन शाहसँग कति छ सम्पत्ति ?
मन्त्रीको नाम टुंग्याउन छलफलमा जुटे रवि र बालेन