काठमाडौं। राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रिय सभाको सम्बोधनलाई लिएर मिश्रित प्रतिक्रिया दिएका छन् ।
उनीहरुले प्रधानमन्त्रीको सम्बोधनमा कुनै ठोस कुराकानी नआएको बताए । प्रधानमन्त्रीले आफ्नो कार्यकालको संकटपूर्ण अवस्था, निर्वाचन व्यवस्थापनका विषयमा जानकारी गराउनुभएको सांसदहरुको भनाए छ । राष्ट्रिय सभाकी सांसद राजेन्द्रलक्ष्मी गैरेले प्रधानमन्त्रीले जेन–जीको दबाबमा परेको र अन्य मन्त्रीहरू पनि त्यसै दबाबमा रहेको उल्लेख गरेको बताउनु भयो ।
उहाँले भन्नुभयो, “उहाँले आफू जेनजीको दबाबमा आएको र अरु मन्त्री पनि जेनजीको दबाबमा आएको र अहिले चुनाव लड्न स्वतन्त्र रुपले गएको भन्नुभयो । भ्रष्टाचार नियन्त्रण, निर्वाचनको कुरामा राम्रोसँग कुरा गरेका छौँ भन्नु भयो । नयाँ ठोस कुरा आएन ।”
सांसद विष्णुकुमारी सापकोटाले प्रधानमन्त्रीले संकटकालीन अवस्थामा आएको र आफ्ना पीडाहरू व्यक्त गरेको महशुस भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, “प्रधानमन्त्रीजीले आफू संकटकालीन अवस्थामा आउनु भयो । उहाँले आफ्ना पीडाहरु व्यक्त गरेको जस्तो मैले महशुस गरेँ । उहाँको अब छोटो समय भएकाले उहाँ एउटा निर्वाचन गराउने मन्त्री मण्डल थियो, उहाँ एक प्रकारले सफल हुनुभएको छ ।”
सांसद विष्णुदेवी पुडासैनीले प्रधानमन्त्रीको सम्बोधनले ऊर्जा प्रदान गरेको तर मन्त्रीहरूको बहिर्गमनलाई सहज लिनु गम्भीर भएको बताउनु भयो ।
उहाँले भन्नुभयो, “हामीलाई एक किसिमले उर्जा नै प्रदान भयो । मन्त्रीहरु जानुभएको कुरालाई सहज रुपमा लिनुभयो । हामीलाई असहज जस्तो लाग्यो । निर्वाचन गराउन आएका मन्त्रीहरु फटाफट जाँदा असर त परेको छ । त्यो खास केही होइन भन्नुभयो ।”
यी प्रतिक्रियाहरूले प्रधानमन्त्रीको छोटो कार्यकाल, निर्वाचन व्यवस्थापन र आन्तरिक दबाबका विषयहरूमा राष्ट्रिय सभा सदस्यहरूको मिश्रित धारणा झल्काउँछ । भेटमा नयाँ ठोस निर्णय वा घोषणा नआए पनि सांसदहरूले प्रधानमन्त्रीको निर्वाचन गराउने प्रयासलाई सकारात्मक रूपमा लिएका देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ माघ २०८२, १८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घरबाटै काम गर्न सरकारको आह्वान
फेवातालको अतिक्रमण क्षेत्रमै गृहमन्त्री सुधन गुरुङको २० रोपनी जग्गा !
आगामी शैक्षिक सत्र वैशाख १५ गतेबाट सुरु गर्ने सरकारको निर्णय
सर्वोच्चलाई सरकारको जवाफ– पूर्वप्रधानमन्त्री भन्दैमा ओलीलाई उन्मुक्ति दिन मिल्दैन
सरकार विगतमा गल्ती गर्नेहरु सबैलाई कारबाहीको दायरामा ल्याउन केन्द्रित छः सञ्चारमन्त्री तिमिल्सिना
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनमा गृहमन्त्री