काठमाडौं। अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन सहज ढंगबाट सम्पन्न हुने दाबी गर्नुभएको छ ।
राष्ट्रिय सभाको बैठकलाई सोमवार पहिलो पटक सम्बोधन गरेर बाहिरिने क्रममा प्रधानमन्त्री कार्कीले यस्तो दाबी गर्नुभएको हो । उहाँले निर्वाचनको लागि आफूहरुले सरकारको तर्फबाट तयारी गरिरहेको र बाँकी जनताले मूल्यांकन गर्ने कुरा भएको बताउनु भयो । उहाँले सहज ढंगबाट निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन हुने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘संसदको पहिलो सम्बोधन मीठो भयो । हामी त निर्वाचनको लागि तयारी गरिरहेका छौँ । तपाईंहरुले मूल्यांकन गर्ने हो । सहज ढंगबाट निर्वाचन हुन्छ ।’
प्रधानमन्त्री कार्कीले संसदको पहिलो सम्बोधन मीठो भएको प्रतिक्रिया दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ माघ २०८२, १७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेट पारित भएपछि संसद् अधिवेशन अन्त्य गर्ने सरकारको तयारी, अध्यादेशमार्फत शासनको आशंका
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपाको जिल्ला अधिवेशनमा ‘नेपाल सरकार’ को लोगो प्रयोग
आगामी वर्ष १६ खर्ब राजस्व संकलन गर्ने सरकारको लक्ष्य
हरिनारायणको हिसाब : 'बजेटपछि झन् महँगो हुँदै गएको जीवन'
सरकारको ‘मेरिट’ नियुक्ति माथि प्रश्न : पिएसबी अध्यक्षमा हिजो आवेदन आह्वान, आजै सूचना रद्द, कसका लागि तयार हुँदैछ नियुक्ति प्रक्रिया ?