काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले अर्थतन्त्रमा निजी क्षेत्रको भूमिकालाई अवमूल्यन गर्ने भाष्य अन्त्य हुनुपर्ने बताएका छन्। कानुनको दायराभित्र रहेर व्यवसाय सञ्चालन गर्दै नाफा आर्जन गर्ने अभ्यासलाई नकारात्मक रूपमा व्याख्या गर्नु उपयुक्त नहुने उनको धारणा छ।
नेपाल आर्थिक पत्रकार संघद्वारा काठमाडौँमा आयोजित ‘दलका घोषणापत्रमा आर्थिक एजेन्डा’ विषयक छलफल कार्यक्रममा उनले राजनीतिक दलहरूले निजी क्षेत्रलाई ‘दलाल’को रूपमा चित्रण गर्ने प्रवृत्ति त्याग्नुपर्ने बताए। उनले नीतिगत स्पष्टतासहित निजी लगानीलाई प्रोत्साहन गर्ने वातावरण निर्माण आवश्यक रहेको उल्लेख गरेका छन्।
महामन्त्री पौडेलका अनुसार लामो घोषणापत्र ल्याउने तर कार्यान्वयन कमजोर हुने अभ्यासलाई सुधार गर्दै नेपाली काँग्रेसले सीमित तर कार्यान्वयनयोग्य ‘१० बुँदे घोषणापत्र’ प्रस्तुत गर्ने तयारी गरेको छ। घोषणापत्रमा सम्भावनायुक्त क्षेत्र पहिचान गरी रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तार गर्ने स्पष्ट खाका समावेश गरिने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ माघ २०८२, १४ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘एक पटक वडास्तरमा अद्यावधिक गरेपछि सदस्यता बारम्बार नवीकरण गर्न नपर्ने’ : प्रदीप पौडेल
सुकुम्वासी बस्ती हटाउँदा पर्याप्त सूचना र समय दिनुपर्थ्यो : महामन्त्री पौडेल
‘सदस्यता प्रणाली डिजिटल रूपान्तरणतर्फ, पुराना अभिलेख सुरक्षित रहन्छ’: प्रदीप पौडेल
कार्की आयोगको प्रतिवेदन किन गुपचुप ?
आगामी सरकारलाई काँग्रेसको साथ र समर्थन रहने प्रदीप पौडेलको प्रतिबद्धता
राजनीतिका विकृति सफा गरेर अघि बढ्ने विश्वास दिलाउँछौं : प्रदीप पौडेल