कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको पाँच महिनादेखिको आन्दोलन फिर्ता

सफल खबर संवाददाता

शनिबार, २९ मंसिर २०७५, १३ : ३२
कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरको पाँच महिनादेखिको आन्दोलन फिर्ता

रामपुर । कृषि तथा वनविज्ञान विश्वविद्यालयमा विगत पाँच महिनादेखि हुँदै आईरहेको आन्दोलन तत्कालका लागि फिर्ता भएको छ ।
स्नातक तहको प्रवेश परिक्षालाई सफल बनाउन शुक्रबारदेखि आन्दोलन फिर्ता लिएको नेपाल प्रगतिशिल प्राध्यापक संगठनका कार्यवाहक अध्यक्ष उदित प्रकाश सिग्देलले जानकारी दिनुभयो ।

निजीकरणको विरुद्धमा लामो समयदेखि आन्दोलन गर्न बाध्य भयौ, उहाँले भन्नुभयो, ‘कृषि तथा वनविज्ञान विश्वविद्यालयको निरन्तर शैक्षिक कार्यक्रममा अवरोध गर्दौनौ । विश्वविद्यालय प्रशासनले हाम्रो मागमा अहिले सकारात्क देखिएकाले आन्दोलन फिर्ता लियौँ ।’ निजी कलेजलाई सम्बन्ध दिएको भन्दै सुरु भएको अन्दोलन निजी कलेजहरुले नयाँ भर्ना आवेदन खुला गरेसँगै आन्दोलन चर्किएको थियो । 

सिग्दलले सर्वोच्च अदालतले मुद्धा टुङगो नलगाउदै निजी कलेजहरुले भर्ना खुला गर्न नमिल्ने बताउनुभयो । 
अदालतलाई प्रवाभ पार्ने गरि निजी कलेजहरुले भर्ना प्रकृया अगाडि बढाउन खोजेपछि थप आन्दोलित बन्नुपरेको उहाँको भनाई छ । सम्बन्ध पाउने सम्भावना छैन्,उहाँले भन्नुभयो,‘ यहि बीचमा भर्ना खुला गरेपछि विरोध जनाएका हौँ ।’
कृषि तथा वन विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले गत असार २० गते कृषिमा सात र एक वन संकायको लागी निजि कलेजलाई सम्बन्धन दिने निर्णय गरेसँगै कलेजको पठनपाठन ठप्प बनेको थियो । 

सम्बन्धनको विवाद बढ्दै गएपछि मन्त्री परिषद्को बैठकले गत साउन १४ मा परिषदको निर्णयलार्ई खारेज गरेको थियो ।
तर मन्त्री परिषद्को सो निर्णयलाई तत्काल कार्यन्वयन नगराउन असोज ९ मा सर्वोच्च अदालतले आदेश दिएको छ ।
सर्वोच्चबाट पौष २६ लाई पेशी तोकिएको छ । सिग्देलले सर्वोच्च अदालतले निजी कलेजको पक्षमा फैसला गरे पुन ः अन्दोलनमा उत्रने जानकारी दिनुभयो ।

विश्वविद्यालयले निजी कलेजहरु कृषि स्नातकमा पूर्वाञ्चल कृषि क्याम्पस झापा, जीविका कृषि सहकारी संस्था इटहरी, भ्याली कृषि क्याम्पस ललितपुर, हिमछायाँ कलेज गैंडाकोट, रामनगर टेक्निकल एण्ड म्यानेजमेन्ट कलेज नवलपरासी, गोर्खा पोलिटेक्निक कलेज एण्ड रिसर्च सेन्टर कोहलपुर र ब्राइट मध्यपश्चिम कृषि तथा वन विज्ञान क्याम्पस सुर्खेतलाई सम्बन्धन दिएको थियो । यस्तै वनको सम्बन्धन पाउनेमा सिद्धान्त कलेज गैंडाकोट थियो ।
 

प्रतिक्रिया दिनुहोस