एजेन्सी । शनिबार गाजामा इजरायलले गरेको हवाई आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
बीबीसीका अनुसार हमासद्वारा सञ्चालित नागरिक रक्षा एजेन्सीले मृतकहरूमा महिला र बालबालिका रहेको बताएको छ।
एजेन्सीले भनेको छ, 'खान युनिसको दक्षिणी क्षेत्रमा विस्थापित मानिसहरू बसोबास गर्ने पालहरूमा हेलिकप्टरले प्रहार गरिएको हो।'
इजरायली सेनाले शुक्रबार हमासले सम्झौता उल्लङ्घन गरेको जवाफमा आक्रमणहरू गरिएको बताएको छ।
इजरायल र हमासबिचको द्वन्द्व २०२३ अक्टोबर ७ देखि जारी छ। त्यस दिन हमासका लडाकुले इजरायलमा आक्रमण गरेपछि लडाइँ सुरु भएको थियो।
सुरुको आक्रमणमा १,२०० इजरायली नागरिक मारिएका थिए भने हमासले २५१ जनालाई गाजा लगेर बन्धक बनाएको थियो।
त्यसबेलादेखि हमासद्वारा सञ्चालित स्वास्थ्य विभागका अनुसार गाजामा इजरायलले गरिरहेको सैन्य कारबाहीमा ७१ हजार ६६० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।
साथै हमास स्वास्थ्य विभागले २०२५ अक्टोबर १० मा युद्धविराम लागु भएयता पनि कम्तीमा ५०९ प्यालेस्टिनी मारिएको र चार इजरायली सैनिकको पनि मृत्यु भएको बताएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १८ माघ २०८२, ०८ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणमा लेबनानी सेनाका उच्च अधिकारीसहित १२ जनाको मृत्यु
इजरायलले लेबनानमा ‘भीषण आक्रमण’,दक्षिण लेबनानका क्षेत्रहरू खाली गर्न आदेश
लेबनान-इजरायलबीच युद्ध विराम अवधि थप, संयुक्त राष्ट्रसंघ महासचिवद्वारा स्वागत
इजरायलस्थित नेपाली राजदूतावासले भन्यो-‘अनौपचारिक रूपमा विप्रेषणको कारोबार नगर्नू’
इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण
इजरायली सुरक्षा प्रणालीमा इरानले दियो धक्का