काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेपालमा अहिलेका चुनावी चर्चा र दलहरूका दाबी सुन्दा सबै जितेको मात्र नभई एकल सरकार नै बनाइसकेको देखिएको भन्दै व्यंग्य गरेका छन् । शनिबार बिहान फेसबुकमार्फत अभिव्यक्ति सार्वजनिक गर्दै बास्कोटाले यस्तो व्यंग्य गरेका हुन् ।
‘चुनाव जित्ने दाबी र सिट आकलन सुन्दा–पढ्दा कोही पनि दोस्रो हुँदैन,’ बास्कोटाले लेखेका छन्, ‘सबैले जितेको मात्र होइन, एकल सरकार नै बनाइसकेको देखियो ।’
तर खासकुरा मतदातामा निर्भर रहने उनले बताएका छन् । ‘मतदाताको मनमा के छ ? परिणाम त त्यहीँ प्रकट होला । हो–हल्ला, झुटमुट, आरोप–प्रत्यारोप त युरोप अमेरिकामा त देखिन्छ । यो त नेपाल मामुली कुरो भैगो,’ बास्कोटाले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०८२, ०८ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा