टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने

सफल खबर संवाददाता

मंगलबार, २९ पुस २०८२, २१ : ५६
टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने

काठमाडौँ । आगामी महिना सुरु हुने टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ खेल खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)ले मंगलवार सार्वजनिक गरेको तालिकाअनुसार नेपालले श्रीलंका ‘ए’ टीमसँग श्रीलंकामै आगामी जनवरी २०, २२ र २४ मा अभ्यास खेल खेल्ने छ।

त्यसपछि टोली भारत गई जनवरी २९ र ३१ मा मुम्बई क्रिकेट असोसिएशन प्रेजिडन्ट ‘एक्सआई’ टोलीसँग २ खेल खेल्ने छ।

विश्वकपअन्तर्गत नेपालका सबै खेलहरू मुम्बईमै हुने छन्।

प्रतिक्रिया दिनुहोस