काठमाडौँ। आइसिसी पुरुष टी-२० विश्वकप २०२६ मा आइतबार सुपर ८ चरणका अन्तिम दुई खेल हुँदैछन् ।
नयाँदिल्लीस्थित अरुण जेटली स्टेडियममा दिउँसो सवा ३ बजे दक्षिण अफ्रिका र जिम्बाब्वे प्रतिस्पर्धा गर्ने छन् । समूह १ को शीर्ष स्थानमा रहेको दक्षिण अफ्रिकाले आइतबारको खेल जितेमा सेमिफाइनलमा न्यूजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ । उसले सुपर ८ मा यसअघि भारत र वेस्ट इन्डिजलाई पराजित गरिसकेको छ ।
जिम्बाब्वे भने लगातार दुई खेलमा पराजित हुँदै सेमिफाइनल दौडबाट बाहिरिइसकेको छ । जिम्बाब्वे र दक्षिण अफ्रिकाबीच हालसम्म ८ टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन्। तीमध्ये ७ खेलमा दक्षिण अफ्रिका विजयी भएको छ भने एक खेल नतिजाविहीन रहेको छ ।
जिम्बाब्वेले अहिलेसम्म दक्षिण अफ्रिकालाई पराजित गर्न सकेको छैन । सुपर(८ चरणको अन्तिम खेलमा साँझ सवा ७ बजे भारत र वेस्टइन्डिज कोलकातास्थित इडन गार्डेन्समा प्रतिस्पर्धा गर्ने छन् । यो खेल अघोषित क्वार्टरफाइनल सरह रहने छ । दुवै टोलीको समान २-२ अंक रहँदा पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ ।
यस खेलपछि टी-२० विश्वकपको सेमिफाइनल समीकरण पूरा हुनेछ । भारत र वेस्ट इन्डिजबीच ३० टी-२० अन्तर्राष्ट्रिय खेल भएका छन् । भारतले १९ खेल जित्दा वेस्ट इन्डिजले १० खेल जितेको छ । एक खेल नतिजाविहीन रहेको छ । तर, विश्वकपमा भने वेस्ट इन्डिजको रेकर्ड बलियो छ । दुवै टोली विश्वकपमा ४ पटक आमनेसामने हुँदा ३ खेल वेस्ट इन्डिजले जितेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १७ फागुन २०८२, १४ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकपको सुपर ८ मा आज दुई खेल हुँदै
दीपेन्द्रको अर्धशतकमा नेपालले वेस्ट इन्डिजविरुद्ध बनायो १३३ रन
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा
टी-२० विश्वकप : आज नेपालको दोस्रो खेल, इटालीसँग भिडदै
टी-२० विश्वकपमा आज ३ समूहका यी ३ खेल हुँदै
प्रधानमन्त्री कार्कीद्वारा टी-२० विश्वकप खेल्ने खेलाडीलाई विजयको शुभकामना