काठमाडौ । नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बास्कोटाले कांग्रेसमा जतिसुकै विवाद देखिए पनि पार्टी नफुट्ने बताएका छन्।
सामाजिक सञ्जालमा उनले कांग्रेसमा मध्यवामपन्थी संस्कारयुक्त लुब्रिकेन्ट रहेको भन्दै त्यसले कांग्रेसलाई फुट्न नदिने बताएका हुन्।
कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका राजनीतिक एजेण्डा ठिक देखिएको भन्दै एमाले नेता बास्कोटाले उनीहरुलाई ४० प्रतिशतवाला देउवापथमा नलाग्न पनि सुझाव दिएका छन्।
‘कांग्रेस रबर हो, जो तन्कन्छ चुँडिदैन। त्यहाँ वामपन्थी जार्गनयुक्त बालहठ भन्दा बढी मध्यवामपन्थी संस्कारयुक्त लुब्रिकेन्ट छ,’ बास्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मातृका र देउवा अपवाद हुन्। देउवाले पार्टी मात्र फुटाएनन् डेमोक्रेसी नै दरवारमा बुझाई दिए। गगन-विश्वका राजनितक एजेडा ठिक देखिए पनि ४० प्रतिशतको देउवापथ उनीहरुले त्यागून्।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ पुस २०८२, ०९ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा