काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीको समानुपातिक सूचीमा रहेका १८ जनाले बन्द सूचीबाट नाम फिर्ता लिएका छन्।
पार्टी नेतृत्वप्रति असन्तुष्टि व्यक्त गर्दै लक्ष्मी खड्का नेतृत्वको समूहले समानुपातिक बन्द सूचीबाट नाम फिर्ता लिएको हो। जनमत पार्टीको खस आर्य र जनजाति समूहमा रहेका उनीहरूले आफ्नो नाम फिर्ता लिएका हुन्।
बन्द सूचीबाट नाम फिर्ता लिनेमा लक्ष्मी बराल, सुमित्रा खतिवडा, प्रतीक्षा पौडेल थापा, कृष्ण भट्टराई, लक्ष्मी खड्का, दिनेश पाण्डे, साधना कुमारी पराजुली, प्रमीला श्रेष्ठ तिवारी, खड्गबहादुर तामाङ, पूजा मर्दनिया, प्रकाश श्रेष्ठ, खड्गबहादुर तामाङ, गेदबहादुर थापा मगर, चेतबहादुर कार्की, सुमनराज काफ्ले, सञ्जीवकुमार खड्का र तेजप्रसाद आचार्य छन्।
जनमत पार्टीका सचिवालय सदस्य राजेश मण्डलका अनुसार समानुपातिक बन्द सूचीमा नाम तल परेपछि उनीहरूले नाम फिर्ता लिएका हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ पुस २०८२, १६ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शक्ति केन्द्रले पार्टी फुटायो: डा. सीके राउत
सीके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्टिमेटम
संसद् विघटन नगर्न बिन्ती गर्दै सीके राउतले अघि सारे सातबुँदे प्रस्ताव