काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सङ्घीयता विरोधी पार्टी भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको नीति सङ्घीयता विरोधी रहेको उल्लेख गर्दै पार्टीका कुनै एक व्यक्तिले मधेशको मत तान्न निर्वाचनको मुखमा दिएको अभिव्यक्तिको कुनै अर्थ नहुने स्पष्ट पारेका छन् ।
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले मधेशको राजधानी जनकपुरधाममा आयोजित कार्यक्रममा संघीयतालाई बलियो बनाउँदै अघि बढ्ने बताएका थिए ।
उनले लेखेका छन्– ‘पार्टीका कुनै एक व्यक्तिले मधेशको मत तान्न निर्वाचनको मुखमा दिएको अभिव्यक्तिले चल्ने होइन, पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको नीतिले चल्ने हो ।’
उनले संघीयताविरोधी शक्तिलाई मधेशबाट पराजित गर्नु नै मधेशी शहीदप्रतिको सम्मान हुने उल्लेख गरेका छन् ।
उनले भनेका छन्– ‘सङ्घीयत खारेज गर्नु रास्वपाको निरन्तरको एजेन्डा रहँदै आएको छ, पार्टीले बैठकबाट निर्णय नै गरेको कुरा हो, यसर्थ मधेश यी संघीयताविरोधी शक्तिलाई पराजित गर्दै अगाडि बढ्नेछ, त्यो नै मधेशी शहीदको सम्मान हुनेछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १७ माघ २०८२, ०९ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सीके राउत नेतृत्वको जनमतबाट समानुपातिक सूचीमा रहेका १८ जनाले लिए नाम फिर्ता
शक्ति केन्द्रले पार्टी फुटायो: डा. सीके राउत
सीके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्टिमेटम
संसद् विघटन नगर्न बिन्ती गर्दै सीके राउतले अघि सारे सातबुँदे प्रस्ताव