काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आज नेपालका लागि इजरायली राजदूत स्मुलिक एरी बासले शिष्टाचार भेट गरेका छन्।
आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा भएको भेटका अवसरमा बासले नेपालको प्रथम महिला प्रधान न्यायाधीश र प्रथम महिला प्रधानमन्त्रीको रूपमा इतिहास बनाएकोमा बधाई ज्ञापन गर्दै सफलताको कामना गरेका छन्।
प्रधानमन्त्री कार्कीले धन्यवाद ज्ञापन गर्दै नेपाल-इजरायलका बीचको मित्रवत् सम्बन्ध ६५ वर्ष पूरा भएकोमा खुसी व्यक्त गर्दै दुई मुलुकबीचको मित्रवत् सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन दुवै तर्फबाट प्रयास जारी राख्नुपर्ने कुरा व्यक्त गरिन्।
राजदूत बासले पनि नेपाल र इजरायलको सम्बन्ध सुमधुर रहेको जनाउँदै यसलाई थप प्रगाढ बनाउन प्रतिबद्ध रहेको जानकारी गराउनुभयो। साथै, हालै मात्र दुई मुलुकबीचको श्रम आप्रवासनसम्बन्धी सम्झौता तथा सोको कार्यान्वयनसम्बन्धी प्रोटोकलहरु पारित भएकोमा नेपाल सरकारप्रति धन्यवाद व्यक्त गर्दै यसले नेपाली कामदारको इजरायलमा रोजगारीको अवसरलाई कानुनी आधार उपलब्ध हुने जानकारी गराए।
प्रधानमन्त्री कार्कीले नेपाली नागरिकहरूलाई रोजगारीको अवसर उपलब्ध गराएकोमा इजरायल सरकारलाई धन्यवाद दिँदै वर्तमान सरकारको प्रमुख प्राथमिकता प्रतिनिधि सभाको निर्वाचन रहेको जानकारी गराइन्। निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सरकार प्रतिबद्ध रहेको पनि उनले उल्लेख गरिन्।
भेटका अवसरमा दुवै पक्षबाट नेपाल र इजरायलबीच कूटनीतिक सम्बन्ध स्थापनाको ६५ औँ वर्षगाँठका अवसरमा केही थप महत्त्वपूर्ण कार्यको थालनी गर्ने कुरामा पनि जोड दिइएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ पुस २०८२, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीसँग एनसिसीका प्रतिनिधिमण्डलको शिष्टाचार भेटवार्ता
देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को चुनावको विकल्प छैन : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्की सोलुखुम्बुमा
अख्तियारले राम्रो काम गर्दागर्दै पनि भ्रष्टाचार न्युन हुन सकेन :प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीद्वारा टी-२० विश्वकप खेल्ने खेलाडीलाई विजयको शुभकामना
प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त