काठमाडौँ । बैतडीको पाटन नगरपालिका-८ साँडीघाँटीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन ।
सुर्नया गाउँपालिका–६ को मोतिनगरबाट डडेल्धुरातर्फ आउँदै गरेको म १ ज २१४ नम्बरको जिप आज बिहान दुर्घटना भएको हो ।
पाटन नगरपालिका-८ का वडाध्यक्ष हरिस बिस्टका अनुसार ३ जनाको मृत्यु भएको र ६ जना घाइतेको उद्धार गरिएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।
घाइते सबैलाई डडेल्धुरा अस्पताल पठाइएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्य विक्रम पौडेलले बताएका छन ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २८ पुस २०८२, १२ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दैलेखमा जिप दुर्घटना, ८ जना घाइते
रुकुम पूर्वको जिप दुर्घटनापछि राजनीतिक कार्यक्रम श्रद्धाञ्जली सभामा रूपान्तरण
रोल्पा जिप दुर्घटना अपडेट : मृतकको संख्या २० पुग्यो
रोल्पाको जलजलामा जिप दुर्घटना
स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, एकको मृत्यु, २१ जना घाइते
दार्चुलामा जिप दुर्घटना, सिँचाइका दुई कर्मचारीको मृत्यु