काठमाडौं। चितवनको भरतपुर महानगरपालिका १४ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
बिहिबार १२ः२० बजेको समयमा भरतपुर महानगरपालिका १४ बरौजी चोकमा भरतपुरबाट बरौजीतर्फ जाँदै गरेको ना २५ प ९७४९ नम्वरको स्कुटर र विपरित दिशाबाट आउँदै गरेको बा.प्र.०६ ००२ प ७४१९ नम्वरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक भरतपुर २२ पटिहानीका २६ वर्षिय कबिन महतो गितानगरबाट पटिहानीतर्फ जाँदै गरेको बा.प्र.०६-००१ क ०२०६ नम्वरको सेन्ट्रल कलेजको बसको पछाडीको टायरमा ठोक्किएर गम्भिर घाइते भएका थिए ।
उनको उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा चिकित्सकले १ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनका सुचना अधिकारीले जानकारी दिनुभयो।
स्कुटर चालक भरतपुर १४ सुन्दरबस्तीका ४३ बर्षिय भिम परियार घाइते भएका छन । उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । तीन वटै सवारीसाधन र सेन्ट्रल कलेजको बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०५ मंसिर २०८२, १३ : ०९
लेखकबाट थप