चितवन ।गत चार महिनामा जिल्लामा भएका सवारी दुर्घटनामा २९ जनाको मृत्यु भएकाे छ । याे अवधिमा २१ पुरुष, ६ जना महिला र २ जना बालबालिकाकाे मृत्यु भएकाे हाे । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा भएका दुई सय २४ दुर्घटनामा उनीहरूको ज्यान गएकाे हाे। यस्तै ती दुर्घटनामा परी चार सय ५६ जना घाइते भएका छन्। यसरी दुर्घटनामा पर्नेमा सबैभन्दा बढी दुईपाङ्ग्रे सवारीसाधन थिए। चार महिनामा भएको सवारी दुर्घटनामा तीन सय ३३ वटा सवारीसाधन परेका थिए। तीमध्ये दुई सय एक मोटरसाइकल थिए। यस्तै जिप, कार ३४, शारीरिक शक्तिले चल्ने ३० , ट्रक, ट्याङ्कर २४, बस १५, टेम्पो १४ थिए। यस्तै टिपर दुई, माइक्रोबस पाँच, ट्याक्टर चार र अन्य सवारीसाधन चार थिए।
गत आवको सोही अवधिमा दुई सय पाँचवटा सवारी दुर्घटना भएको थियो। गत वर्षको तुलनामा यस वर्ष दुर्घटना धेरै भए पनि मानवीय क्षति भने कम भयो। गत वर्ष सोही अवधिमा भएका दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो भने चार सय १४ जना घाइते भएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ मंसिर २०८२, ११ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दुर्घटनामा परि भरतपुरमा एकजनाको मृत्यु, ठक्कर दिने बस र चालक प्रहरीको नियन्त्रणमा