काठमाडौं । आई सिसी पुरुष टी-२० क्रिकेट विश्वकप खेल्ने नेपाली टोली घोषणा भएको छ। नेपाल क्रिकेट संघ क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो।
दीपेन्द्रसिंह ऐरी उपकप्तान रहेको टोलीमा सन्दीप लामिछाने, सोमपाल कामी, करन केसी, कुशल भुर्तेल, आरिफ शेख, आशिफ शेख, ललितनारायण राजवंशी, लोकेश बम, गुल्सनकुमार झा, सन्दीप जोरा, बसिर अहमद, नन्दन यादव र शेर मल्ल समावेश छन्।
टी-२० विश्वकप आगामी फ्रेबुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुँदै छ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ पुस २०८२, २१ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
टी-२० विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ
टी-२० विश्वकपमा खेल्नुअघि नेपाली राष्ट्रिय टोलीले श्रीलंकामा ३ र भारतमा २ अभ्यास खेल खेल्ने
बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने
टी-२० विश्वकप : बंगलादेशको टोली घोषणा
नेपाल लगातार दोस्रोपटक टी-२० विश्वकपमा
टी-२० विश्वकप छनोट : नेपाली महिला टिम यूएईसँग भिड्दै