ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?

सफल खबर संवाददाता

आइतबार, २० पुस २०८२, १२ : १८
ओली र ‘प्रचण्ड’बीच भेटवार्ता, के भयो छलफल ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज वार्ता भएको छ ।

दुई नेताबीच जेन जेड आन्दोलनपछि ललितपुरस्थित एमाले कार्यालय च्यासलनजिकै एक घरमा दुई नेताबीच सौहार्द छलफल भएको हो ।

सरकारले चुनावको वातावरण बनाउनुको साटो दल र शीर्ष नेताको मानमर्दन गरेको दुवै नेताले समीक्षा गरेका छन् । नेकपा संयोजक ‘प्रचण्ड’को सचिवालयका अनुसार समसामयिक विषयमा दुई नेताबीच गहन छलफल भएको छ ।

आसन्न निर्वाचनको वातावरण बनाउने, राष्ट्रिय सभा निर्वाचनमा सहकार्यको सम्भावना र सरकारले चुनावको वातावरण बनाउन नसकेको विषयमा छलफल भए पनि निष्कर्षमा नपुगेको बताइएको छ । ‘प्रचण्ड’ले आज दिल्ली जानुअघि ओलीसँग भेटवार्ता गरेका हुन् ।