काठमाडौं । आगामी फागुन २१ मा चुनाव गराउने शर्तसहित सरकारको नेतृत्व गर्न आएका पूर्व प्रधानन्यायाधीस सुशीला कार्कीले आफु नेतृत्वको सरकारमा राजनीतिक दलका नेताहरु सहभागी नहुने सार्वजनिक रुपमै ब्यक्त गरेका थिए ।
सरकारको नेतृत्व लिइरहँदा कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले सुझाव दिँदै भनेका थिए, ‘प्रमुख राजनीतिक दलबाट पनि एक दुई जनालाई समेटेर सरकार बनाउनुस्, चुनाव गराउन पनि सहज हुन्छ ।’ तर कार्कीले राष्ट्रपतिको त्यस्तो सुझावलाई अश्वीकार गरिन् ।
उनले आफु जेनजी आन्दोलनपछि सरकारको नेतृत्व गर्न आउनु परेको र यो बेला राजनीतिक दलमा आवद्दलाई सरकारमा ल्याउनु उचित नहुने जवाफ दिँदै गैरदलीय नागरिक सरकार बनाउने बताएकी थिइन् ।
त्यसयता सरकारका मन्त्री, प्रधानमन्त्रीहरुले आफुहरुको सरकारलाई नागरिक सरकार भनेर प्रष्टिकरण दिँदै आईरहेका छन् । तर, सरकारमा रहेका मन्त्रीहरु नै अहिले राजनीतिक दल र तिनका जिम्मेवार पद मात्रै होइन, हरेक जसो गतिविधिमा संग्लन्न भएर आगामी चुनावमा मतसम्म माग्न पुगिसकेका छन् ।
खासगरी कार्की नेतृत्वको सरकारका उर्जा, जलसा्रेत, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीका रुपमा रहेका कुलमान घिसिङ रास्वपाको उपसभापति हुने गरी उनी रास्वपासँगको सहमतिपत्र सार्वजनिक भईसकेको छ । त्यस अगाडी उनले उज्यालो नेपाल घोषणा कार्यक्रम मात्रै होइन, पार्टी कार्यालय उद्घाटनसम्म पनि सहभागिता जनाएर आफनो राजनीतिक आवद्दता देखाईसकेका थिए ।
रास्वपासँगको सहमतिमा उनले हस्ताक्षर नगरेपनि उनको पदीय ब्यवस्थापनमा सहमति भएको छ । उनी र सरकारकै मन्त्री बब्लु गुप्ता उक्त सहमतिका बखत सँगै देखिएका र ताली बजाईरहेका तस्विर र भिडियो सार्वजनिक भएको छ । त्यक्तिमात्रै होइन, उनले काठमाडौं क्षेत्र नम्बर ३ जहाँ कुलमान आगामी चुनावमा प्रतिस्पर्धा गर्न जान लागेका छन्, त्यहाँ पुगेर उनले रास्वपासँगको एकताका बारेमा प्रष्टाउँदै मुख्य तीन दलको विकल्पमा रास्वपालाई मत दिन जनतासँग अपिल समेत गरेको भिडियो नै सार्वजनिक भईसकेको छ । त्यसपछि पनि उनले सरकारमै बसिरहने मेसो छोडेका छैनन ।
कुलमानलाई रास्वपाले रवि लामिछानेपछिको दोस्रो वरियतामा रहने गरी उपसभापति बनाउन लागेको छ । सहमतिपत्रमा रवि लामिछानेपछि कुलमान घिसिङ, डिपि अर्याल र स्वर्णिम वाग्ले उपसाभति हुने उल्लेख नै छ । ७ बुादे सहमतिको चौथो बुँदामा राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र उपसभापतिमा कुलमान घिसिङ, डी पी अर्याल, र स्वर्णिम वाग्ले रहने उल्लेख छ ।
यसले नै उनी राजनीतिमा लागेको प्रष्ट हुन्छ । तर घिसिङ भने अझै प्रक्रियामा रहेको र लागिनसेको जिकिर गरेर सत्तामा टासिरहँन चाहिरहेका छन् । उनको राजनीतिक आवद्दता र सरकारी सेवा सुविधामै पार्टी गतिविधिमा हिडेको आरोप अन्य राजनीतिक दलले उठाईरहेका छन् ।
त्यसपछि भने मन्त्री घिसिङसँग प्रधानमन्त्रीले दलीय आवद्दता खुल्यो, अब के गर्ने ? भनी प्रश्न गरेको बालुवाटार स्रोतले बतायो । ‘तपाई राजनीतिक दलमा आवद्दता खुल्ने गरी एक्सपोज भईसक्नुभयो । जे निर्णय लिनुभएको छ, शुभकामना । अव यसलाई इस्यु बनाएर अन्य दलले प्रश्न गर्न सक्छन्, के गर्ने ?’ प्रधानमन्त्री कार्कीले कुलमानसँग प्रश्न गरेको बालुवाटार स्रोतको भनाई छ ।
उनले कुलमानसँग गएको बुधबार नै यसबारेमा प्रश्न गरेकी थिइन् । तर प्रधानमन्त्री कार्कीलाई कुलमानले अहिले जाने निश्चित भएपनि गईनसकेको भनी जवाफ दिएको स्रोत बताउँछ । ‘रास्वपामै जाने हो, समाझदारी बनेको छ । प्रक्रियामै छ, गईसकेको होइन । अहिले हतारिएर केही गर्नुपदैन, समय आएपछि म आफै छोडिदिन्छु’ कुलमानले प्रधानमन्त्रीलाई जवाफ दिएको स्रोतले बतायो ।
कुलमान प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ताका समयमा मात्र पदबाट राजीनामा दिने योजनामा छन् । त्यही वचन प्रधानमन्त्रीलाई उनले दिएका छन् । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते प्रत्यक्ष तर्फका उम्मेदवारको उम्मेदवारी दर्ताको कार्यतालिका निर्वाचन आयोगले बनाएको छ । त्यस बेलासम्म घिसिङले मन्त्री बाट राजीनामा दिने तयारी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० पुस २०८२, १० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री र दुर्गा प्रसाईंबीच भेट
पर्वहरूले हाम्रो बहुसांस्कृतिक पहिचानलाई थप सुदृढ बनाएका छन् : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले आज देउवा, ओली र प्रचण्डसँग निर्वाचनबारे छलफल गर्ने
प्रधानमन्त्रीद्वारा ‘क्रिसमस डे’ को शुभकामना
वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई