उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प

सफल खबर संवाददाता

आइतबार, २० पुस २०८२, ०६ : ४१
उदयपुर आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौँ । उदयपुर जिल्लाको बागपाटी आसपास केन्द्रबिन्दु भएर आज (शनिबार) भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार उदयपुरको बागपाटी आसपास केन्द्रबिन्दु भएर शनिबार राति १० बजेर ५१ मिनेट जाँदा चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।

यसअघि आजै बिहान ताप्लेजुङ र पाँचथरको सिमाना भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस