काठमाडौं । नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले नेपाल राजनीतिमा पाकिस्तान र बंगलादेशको जस्तो प्रतिशोधको राजनीतिले टुसा हालेको बताएका छन्।
सामाजिक सञ्जालमा सक्रिय नेता बास्कोटाले अति सत्ता केन्द्रित राजनीतिले सैद्धान्तिक जग गुमाउँदा यो परिणाम आएको बताएका हुन्। त्यसको परिणामकै कारण घृणाले सीमा नकाटोस् भन्ने कामना उनले गरेका छन्।
‘लामै समयदेखि चल्दै आएको पाकिस्तानी र पछिल्लो समय जरा गाड्दै गएको बङ्गलादेशी मोडेलको प्रतिशोधी राजनीतिले अब नेपाली राजनीतिमा टुसा हालेको प्रष्ट सङ्केत दिन थालेका छन्’, सामाजिक सञ्जाल फेसबुकमा नेता बास्कोटाले लेखेको छन्, ‘यो अति सत्ता केन्द्रित राजनीतिले सैद्धान्तिक जग गुमाएको परिणाम हो।त्यसले घृणाको सीमारेखा काटेर हिंस्रक बाटो नसमाओस्।’

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ पुस २०८२, ०९ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिक झगडामा अदालतबाट समाधान आउँदैन : बास्कोटा
बालेन सरकारको प्रतिबद्धतामाथि गोकुल बाँस्कोटाको टिप्पणी: ‘डेण्टिङ–पेण्टिङ नयाँवाद’
‘डाँडाभरि लालीगुराँस फुल्ने बेलामा मन्त्रीको खेतबारीमा पहेँलपुर तोरी फुलेछ’ : गोकुल बास्कोटा
घण्टी बजाएर मात्र हुँदैन, विधिको शासन पालना गर : बास्कोटा
‘पाकिस्तानी र बंगलादेशी मोडल नेपाली समाजले स्वीकार गर्दैन’ : गोकुल बास्कोटा
‘वाम एकताको बहसभन्दा आन्तरिक पुनर्गठन आवश्यक’ : गोकुल बास्कोटा