विराटनगर । गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ को चुनावी वातावरण बनाउन सरकार तल्लीन रहेको बताएका छन् ।
विराटनगरमा कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्दै मन्त्री अर्यालले भने, ‘निर्वाचनको कार्यतालिका सार्वजनिक भइसकेको छ । समानुपातिकतर्फको नामावली समेत निर्वाचन आयोगमा पेश भइसकेको छ अब चुनावको वातावरण बन्छ ।’
सरकारको मुख्य ध्येय तोकिएकै समयमा निर्वाचन सम्पन्न गर्नु रहेको बताउँदै उनले भने,‘सरकारको ध्यान सत्तामा टिकिरहने नभई निर्वाचनमार्फत निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्नेतर्फ केन्द्रित छ ।’
जेन-जी जनआन्दोलनपछिको असहज परिस्थितिलाई सामान्यीकरण गर्न र सुरक्षाको प्रत्याभूति दिन सरकार सफल भएको उनले दाबी गरे ।
अर्यालले थपे,‘देश थप अस्थिरतातर्फ धकेलिन सक्छ । त्यसैले सुशासन चाहने हो भने आवधिक निर्वाचनको विकल्प छैन । ताजा जनादेश प्राप्त सरकारले मात्र दृढताका साथ काम गर्न सक्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०८२, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङको एक्सन : झापामा डीएसपीको मोबाइल खोसियो, सीडीओसमेत अनुसन्धानको दायरामा !
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ