काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षालाई समाप्त गरेर भावी राष्ट्रिय निर्वाचनमा होमिनुको विकल्प नभएको बताएका छन् ।
राष्ट्रिय एकता र मेलमिलाप दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षाका लागि मेलमिलाप नै महत्वपूर्ण भएको बताएका छन् ।
तत्कालीन समयमा विश्वमा देखिएको महाशक्ति राष्ट्रहरूको द्वन्द्व र खिचातानीबाट नेपाल जस्तो सानो र अत्यन्त संवेदनशिल भू राजनीतिक स्थितिमा रहेको देशको राष्ट्रियता र स्वतन्त्रता अक्षुण्ण राख्न बीपी कोइरालाले लिएको राष्ट्रिय एकता र मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उनको भनाइ छ ।
उनले सन्देशमा भनेका छन्– ‘आज पाँच दशकपछि फेरी विश्वमा महाशक्ति राष्ट्रहरूको दवाव र स्वार्थहरू अगाडि आएको हामी अनुभव गर्दैछौँ । यस परिस्थितिमा हामीले हाम्रा श्रद्धेय नेता बीपीको विचारलाई फेरी एकपटक मन, बचन र कर्मले मनन गर्नुपरेको छ ।’
कोइरालाले राष्ट्रिय मेलमिलापको सान्दर्भिकता र महत्व आज कांग्रेस एक्लैको विषय नभएको पनि प्रष्ट पारेका छन् । उनले राष्ट्रिय एकता र मेलमिलापको लागि सत्ता राजनीति भन्दामाथि सार्वभौम सम्पूर्ण नेपालीहरूको जागरुक सतर्कता सहित ऐक्यवद्धताको खाँचो रहेको तर्क छ ।
उनले भनेका छन्– ‘राष्ट्रिय एकता र मेलमिलापले मात्र हामीले हाम्रो देशको सार्वभौमसत्ता, राष्ट्रिय अखण्डता र स्वतन्त्रताको रक्षा गर्न सक्छौँ भनी बीपी सन्देशको मर्मलाई आज यो देशको सोच, उद्देश्य र साझा प्रतिवद्धता बनाउने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा छ ।’
कांग्रेस भित्रको एकता र मेलमिलाप राष्ट्रिय एकता र मेलमिलापको प्रथम खुड्किलो मात्र नभइ राष्ट्रको आवश्यक तत्व भएकोमा सबैले मनन गर्न जरुरी रहेको कोइरालाको भनाइ छ ।
कोइरालाले भने, ‘वर्तमान राजनीतिक परिस्थितिमा हामीलाई जनताले विश्वास र भरोसा गरेमात्र हाम्रो सान्दर्भिकता देशमा रहने हो, यो गम्भिर तथ्यमा चुक्यौँ भने हामी भूमिका विहीन हुने खतरा रहन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०८२, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शेखर कोइरालालाई रवीन्द्र मिश्रको पत्र -यस्तो पाराले राजनेता भइन्छ ?
सिमरा घटनाप्रति शेखर कोइरालाको चिन्ता- संयमित बनौँ, निर्वाचनको वातावरण नबिगारौँ
कांग्रेसको विवाद मिलाउन शेखर कोइरालाको नयाँ फर्मुला
कांग्रेसकै ऊर्जा भर्न हस्ताक्षर अभियान भएको हो : शेखर कोइराला
समयमै चुनाव हुने अपेक्षा लिएका छौं: शेखर कोइराला
खरानी बीजबाट नूतन कांग्रेसको नवनिर्माणमा जुटौँ : डा. शेखर कोइराला