काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पाबाट उम्मेदवार सिफारिस भएका छन्। ‘प्रचण्ड’लाई एक नम्बरमा राखेर प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको हो।
‘प्रचण्ड’पछि वर्षमान पुन, कुलप्रसाद केसी, जयपुरी घर्ती र दीपक रोकालाई उम्मेदवार सिफारिस गरिएको छ। गएको निर्वाचनमा यो क्षेत्रमा वर्षमान पुनले जितेका थिए।
‘प्रचण्ड’ ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि यहीबाट निर्वाचित भएका छन्। रोल्पाबाट समानुपातिकतर्फ कृष्णबहादुर महरा, पवित्रा धर्ती, गीता नेपाली र बाबुलाल पुन सिफारिस भएका छन्।
गएको निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका ‘प्रचण्ड’ फागुन २१ को निर्वाचनमा कहाँबाट लड्ने निश्चित भएको छैन। ‘प्रचण्ड’ अहिलेसम्म रोल्पासहित कास्की, सुनसरी, गोरखा, महोत्तरीलगायतबाट पनि उम्मेदवारको रूपमा सिफारिस भएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ पुस २०८२, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘प्रचण्ड’ र सञ्चार मन्त्री खरेलबीच भेटवार्ता
क्रान्तिकारी शक्तिहरुलाई एकताबद्ध हुन ‘प्रचण्ड’को अपिल
प्रचण्डलाई उम्मेदवार बन्न सात ठाँउबाट अफर, कहाँबाट लड्लान् चुनाव ?
प्रतिनिधिसभा चुनाव : रेनु दाहाल चितवन-३ बाट सर्वसम्मत सिफारिस
प्रतिनिधि सभा चुनावका लागि महोत्तरी-४ बाट ‘प्रचण्ड’को नाम सिफारिस
प्रचण्डको सचिवालयले भन्यो– 'रास्वपासँग चुनावी सहकार्यका विषयमा कुनै कुराकानी भएको छैन'