काठमाडौँ । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रोल्पाबाट उम्मेदवार सिफारिस भएका छन्। ‘प्रचण्ड’लाई एक नम्बरमा राखेर प्रत्यक्षतर्फ ५ जनाको नाम सिफारिस गरिएको हो।
‘प्रचण्ड’पछि वर्षमान पुन, कुलप्रसाद केसी, जयपुरी घर्ती र दीपक रोकालाई उम्मेदवार सिफारिस गरिएको छ। गएको निर्वाचनमा यो क्षेत्रमा वर्षमान पुनले जितेका थिए।
‘प्रचण्ड’ ०६४ को पहिलो संविधानसभा निर्वाचनमा पनि यहीबाट निर्वाचित भएका छन्। रोल्पाबाट समानुपातिकतर्फ कृष्णबहादुर महरा, पवित्रा धर्ती, गीता नेपाली र बाबुलाल पुन सिफारिस भएका छन्।
गएको निर्वाचनमा गोरखा २ बाट निर्वाचित भएका ‘प्रचण्ड’ फागुन २१ को निर्वाचनमा कहाँबाट लड्ने निश्चित भएको छैन। ‘प्रचण्ड’ अहिलेसम्म रोल्पासहित कास्की, सुनसरी, गोरखा, महोत्तरीलगायतबाट पनि उम्मेदवारको रूपमा सिफारिस भएका छन्।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ११ पुस २०८२, १३ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?