काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनले युवाले देशको नेतृत्व गर्ने बेला अएको बताएका छन् ।
मंगलबार काठमाडौँमा शहीद स्मृति स्पोर्टस एकेडेमीले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पुनले यस्तो बताएका हुन् ।
जेन जेड आन्दोलनपछि युवा पुस्ताले देशको नेतृत्व गर्न चाहेको बताउँदै उनले युवाहरूले आफूभन्दा अग्रजहरूलाई सम्मान गर्दै, उनीहरूको अनुभवलाई लिएर आफूलाई नेतृत्वका लागि तयार गर्ने समय आएको बताए ।
नेपाली कम्युनिस्ट पार्टीले आगामी निर्वाचनमा ५० प्रतिशत बढी उम्मेदवार युवालाई बनाउने तयारी गरेको पनि उनले बताएका छन् ।
‘पचास प्रतिशतभन्दा बढी युवाहरू हाम्रो पार्टीको तर्फबाट प्रतिस्पर्धामा जाओस् भन्ने गरी हामीले तयारी गरिरहेका छौँ’ उनले भनेका छन्, ‘बढीभन्दा बढी युवाहरू आगामी निर्वाचनमा प्रतिस्पर्धामा आओस् र नेतृत्वमा पनि आउनुपर्छ भन्ने हाम्रो चाहना छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०८ पुस २०८२, १६ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा महाधिवेशनमा नेकपाबाट वर्षमान पुन जाने
संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान पुन
बजेटमा महत्वाकांक्षा धेरै, स्रोत र कार्यान्वयनमा गम्भीर प्रश्न : वर्षमान पुन
सामाजिक सञ्जालबाट आएको शक्ति चाँडै कोल्याप्स हुन्छ: वर्षमान पुन
सम्पती छानविन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छः वर्षमान पुन
संसदीय समितिमा सञ्चार माध्यमको पहुँच रोक्न नहुने वर्षमान पुनको धारणा