विराटनगर । पूर्व-पश्चिम राजमार्गको बिर्तामोड नगरपालिका– ६ गिरीबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार आइतबार साँझ चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे५प ६२२२ नम्बरको मोटरसाइकल साँझ ५:३० बजे आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो ।
दुर्घटनामा झापा भद्रपुर नगरपालिका वडा नं. ९ का २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर– ७ का २५ वर्षीय शीर्षक सुवेदीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते उनीहरूलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो । अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०६ पुस २०८२, १० : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बझाङमा जीप दुर्घटनामा परी घटनास्थलमै तीन जनाको मृत्यु
धनुषामा उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते
स्कुल बसले मोटरसाइकललाई ठक्कर दिंदा एक जनाको मृत्यु, २ जना घाइते
सवारी दुर्घटनामा एकजनाको मृत्यु
गुल्मीमा गाडी दुर्घटना : एक जनाको मृत्यु, ३ जना घाइते
कर्णाली नदीमा यात्रुवाहक माइक्रो गाडी खस्यो, उद्धार कार्य जारी