विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !

पूर्व राष्ट्रपति विद्या भण्डारीलाई एमालेमा सक्रिय हुन अब विष्णु पौडेल र शंकर पोखरेलले नै छेक्नेछन्

सफल खबर संवाददाता

शुक्रबार, ०४ पुस २०८२, १० : ०२
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !

काठमाडौं । एमालेको एघारौं महाधिवेशनमै केपी शर्मा ओलीसँग आफैं अध्यक्षमा प्रतिस्पर्धा गर्न चाहेकी थिइन्, पूर्व राष्ट्रपति विधादेवी भण्डारीले । त्यही अनुसार उनले राष्ट्रपतिबाट बाहिरिएसँगै एमाले नेतृत्वसँगको परामर्शकै आधारमा पार्टी सदस्यता नबिकरण समेत गरेकी थिइन् । 

उनले पार्टी सदस्यता नविकरण गरेको दुई वर्षसम्म अध्यक्ष ओलीले यसलाई कुनै इस्यु बनाएनन । तर जव ओली आफैं फेरि तेहेरिने मन पार्टीमा गरे, भण्डारीले पनि अध्यक्ष बन्ने गरी तयारी सुरु गरेको बुझे त्यसपछि एकाएक ओलीलाई भण्डारी रोक्नुपर्ने सोच आयो । त्यसपछि नै ओलीले पूर्व राष्ट्रपति भण्डारी आफनो लागि चुनौती देखे । अनि उनले पूर्व राष्ट्रपति राजनीतिमा फर्किन नसुहाउने बताए । 

दुई वर्षदेखि नविकरण गदैं आएको भण्डारीको पार्टी सदस्यता नै होल्ड गरिदिए । पार्टी केन्द्रीय समिति बैठकमा भण्डारीसँगै कुरा गरेर निधो लिने निर्णय लिएका ओलीले भण्डारीसाग थप छलफल समेत पनि गरेनन । उल्टो भण्डारीले आफु रोकिएपछि इश्वर पोखरेल अगाडी सारेर टिम नै तयार पारेपछि ओलीले भण्डारीमाथी होच्याउने, सार्वजनिक अभिब्यीक्त दिने गर्न थाले । 

अब यी दुवै नेताहरु भण्डारीलाई राजनीतिमा आउन नदिन ओली भन्दा अग्रसर भएर लाग्नेछन्, ’एमालेलाई नजिकबाट बुझिरहेका विश्लेषक कुशुम रिसाल भन्छन्, ‘भण्डारी राजनीतिमा आउँदा बाहौं महाधिवेशनमा उनीहरुले आफनो प्रतिस्पर्धी देख्छन्, विष्णु शंकर दुवै अबको अर्काे महाधिवेशनको अध्यक्षका दावेदार हुन् । 

आफु अध्यक्ष तेहेरिँदासम्म भण्डारी रोक्ने योजना बनाएका ओलीले नविकरण होइन, नयाँ सदस्यता लिन सकिने तर्क भने सारेका थिए । त्यसो गर्दा पार्टी अध्यक्ष बन्न उनको सदस्यता अवधी नपुग्ने भएपछि भण्डारी आफुसँगको प्रतिस्पर्धामा सिधा आउट हुने बुझाई ओलीमा थियो । तर अब एघारौं महाधिवेशनमा ओलीको समुह नै नेतृत्वमा झन् बढी हावी भएपछि भण्डारीको एमालेको सक्रिय राजनीतिमा झन् तगारो लाग्ने देखिएको छ । 

एमालेको राजनीतिलाई नजिकबाट नियालिरहेका विश्लेषकहरुका भनाईमा भण्डारीलाई अब एमाले राजनीतिमा फर्किन झन् सकस हुनेछ । कारण पहिले ओलीले भण्डारीलाई आफनो प्रतिस्पर्धी ठानेर रोकेका थिए, अब विष्णु पौडेल र शंकर पोखरेलले नै छेक्नेछन् । 

एमालेको बाह्रौं महाधिवेशनमा अब ओली पछि विष्णु पौडेल र शंकर पोखरेल नेतृत्वका आकांक्षी हुने सिन देखिएको छ । पौडेल उपाध्यक्ष र शंकर महासचिव भएर ओलीको टिमका दरिलो खम्बा बनेका छन् । यत्तिमात्रै होइन, बाहौं महाधिवेशनमा अब पौडेल र पोखरेल नेतृत्वका बलियो दावेदार हुन् भन्ने चित्र देखाईदिएको छ ।

यस अर्थमा पनि अब यी दुई नेताले नै भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा आउन रोक्नेछन् । भण्डारी पार्टीमा आउँदा भोलिका लागि आफुहरुको जोखिम बढ्ने र अहिले देखि नै आउन नदिँदा ओलीले रोकेको सन्दशे प्रवाह हुने बुझाईमा यी दुवै नेताहरु भण्डारीलाई पार्टीमा सहज भित्राउन चाहादैनन । 

भण्डारीले आफु नभई अन्य पात्र सार्दा भन्दा आफैं अगाडी सर्दा एमालेको राजनीतिमा प्रभाव पार्न सक्ने बुझाई दुवै नेताहरु पौडेल र पोखरेलसँग छ । सोही कारण पनि उनीहरु भण्डारीलाई सहज पार्टीमा ल्याएर अब बाह्रौं महाधिवेशनमा आफनो भागमा पर्नसक्ने अध्यक्षको गुथरी भण्डारीतिर सार्न चाहादैनन । 

पूर्व राष्ट्रपति भएका ब्यक्ति पार्टीमा भित्रनु भनेको नेतृत्वको लागि नै भित्रने हो भन्ने यी दुई नेताले बुझेका छन् । सोही कारण पनि उनीहरु भण्डारीलाई पार्टीमा भित्राउन चाहादैनन । भण्डारीसँग पोखरेलको तुलनामा पौडेलको नजिकको सम्वन्ध छ । पौडेलले ओलीको पार्टीमा देखिएको एकछत्र राजका कारण मात्र यसपटक उनले भण्डारीका सवालमा मुख नखोलेका हुन् । उनी यस बारेमा मौन बसिदिए । तर यसो भन्दैमा उनले आउने दिनमा भण्डारीलाई पार्टी राजनीतिमा फर्काउन भने सकारात्मक हुने देखिदैन । 

‘भण्डारीसँग निकटता शंकर पोखरेलको भन्दा विष्णु पौडेलकै छ । तर अब यी दुवै नेताहरु भण्डारीलाई राजनीतिमा आउन नदिन ओली भन्दा अग्रसर भएर लाग्नेछन्, ’ एमालेलाई नजिकबाट बुझिरहेका विश्लेषक कुशुम रिसाल भन्छन्, ‘ भण्डारी राजनीतिमा आउँदा बाहौं महाधिवेशनमा उनीहरुले आफनो प्रतिस्पर्धी देख्छन्, विष्णु शंकर दुवै अबको अर्काे महाधिवेशनको अध्यक्षका दावेदार हुन् । सोही कारण पनि उनीहरु भण्डारीलाई अब आउन दिँदैनन । ओली भन्दा कडा भएर उनीहरुले नै छेक्छन् ।’

प्रतिक्रिया दिनुहोस