काठमाडौँ । पूर्वराष्ट्रपति एवं नेकपा एमालेकी पूर्व उपाध्यक्ष विद्या भण्डारीले नेकपा (एमाले) को ११औँ महाधिवेशन सफलताको कामना गर्दै जनताको बहुदलीय जनवाद (जबज)को आधारभूत मान्यता अपनाएर नेतृत्व चयन हुने विश्वास व्यक्त गरेकी हुन् ।
आज सामाजिक सञ्जालमार्फत उनले भनेकी छिन्– 'महाधिवेशन प्रतिनिधिहरू राजनीतिक रूपमा परिपक्व र आ–आफ्ना क्षेत्रका जिम्मेवार नेता समेत हुनुभएकाले पार्टीको आन्तरिक जीवन, मुलुकको परिवर्तित परिवेश तथा विश्व परिस्थितिबारे अवगत नै हुनुहुन्छ ।
यस्तो परिवेशमा आयोजित पार्टीको सर्वोच्च निकायका रूपमा रहेको यो महाधिवेशन जबजका आधारभूत मान्यताहरूलाई आत्मसात् गर्दै पार्टीभित्र लोकतान्त्रिक संवाद, स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यको वातावरणलाई अझ सुदृढ बनाउँदै योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुनेछ भन्ने दृढ विश्वास लिएको छु ।'
उनले थप भनेकी छिन्– 'मुलुक अहिले तरल राजनीतिक अवस्थाबाट गुज्रिरहेको परिप्रेक्ष्यमा, प्राप्त उपलब्धिहरूको दृढतापूर्वक रक्षा गर्दै थप उपलब्धि हासिल गर्न एकताबद्ध भएर अघि बढ्नु आजको आवश्यकता हो । मुलुक र जनताप्रति उत्तरदायी तथा दूरदृष्टिपूर्ण निर्णयहरू गर्न यो महाधिवेशन सफल होस् ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २७ मंसिर २०८२, ०७ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमालेको महाधिवेशनले जबजलाई आत्मसात् गर्दै स्वस्थ प्रतिस्पर्धा तथा सहकार्यसहित योग्य र सक्षम नेतृत्व चयन गर्छ’ : विद्या भण्डारी
पूर्वराष्ट्रपति विद्या भण्डारीले लिइन् नागरिकताको प्रतिलिपि
एमाले बैठकमा ओलीको प्रश्न : 'पार्टीबाट गलहत्याएर निकालेर राष्ट्रनायक हुन्छु म ?'
ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग पुनः संवाद गर्ने
नेता-कार्यकर्तासँग भेटवार्ता गर्न बारा पुगिन विद्या भण्डारी