काठमाडौं । सहकारी ठगीमा जेल परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उच्च अदालत बुटवलको आदेशअनुसार शुक्रबार अर्थात् आज रिहा हुँदै छन्।
ललितपुरस्थित नख्खु कारागारमा रहेका लामिछाने जिल्ला अदालत रुपन्देहीबाट कागजात लिएपछि मात्रै छुट्ने भएका छन् ।
रवि छुट्न लागेको भन्दै बिहीबार नख्खु कारागार परिसरमा ठूलो संख्याको भीड लागेको थियो।
पूर्जी लिन शुक्रबार रवि भोलि भैरहवा पुगेपछि औपचारिक रुपमा रिहा हुनेछन् । उनलाई दुई करोड ६८ लाख रुपैयाँ धरौटी राखेर थुनामुक्त गर्न उच्च अदालतले आदेश दिएको हो ।
उच्च अदालत तुल्सीपुरको बुटवल इजलासले बुझाइएको धरौटी रकम स्वीकार्दै लामिछानेलाई रिहाइ गर्न आदेश दिएकाले अब भैरहवा पुग्नुपर्ने भएको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ पुस २०८२, ०६ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा प्रदेश संरचना खारेज गर्ने पक्षमा छैन : रवि लामिछाने
रास्वपा सभापति रवि लामिछानेले लिए शपथ
समायोजन भएर आएकाहरूलाई अन्याय हुदैन: रवि लामिछाने
महाधिवेशनको मुखमा रविको आग्रह: स्वस्थ र स्वच्छ प्रतिस्पर्धा गरौँ
रविको दलहरूलाई ब्रिफिङ: कूटनीतिक व्यवहार परिपक्व बनाउन सुझाव
‘प्रधानमन्त्रीको अभिव्यक्तिसम्बन्धी विषयमा परराष्ट्र मन्त्रालयकै धारणा आधिकारिक’ : रवि लामिछाने