प्रधानमन्त्री कार्कीले भनिन् : ‘राष्ट्र संघको सहयोगको कदर गर्छौँ

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०८२, १७ : ५९
प्रधानमन्त्री कार्कीले भनिन् : ‘राष्ट्र संघको सहयोगको कदर गर्छौँ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त राष्ट्र संघको सहयोगको नेपालले कदर गर्ने बताएकी छन् ।

संयुक्त राष्ट्र संघसँग नेपालको साझेदारीको ७० औँ वार्षिकोत्सवका अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् । उनले बुधबार पुल्चोकस्थित युएन हाउसमा आयोजित समारोहलाई सम्बोधन गरेकी हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले भनिन्, ‘नेपालले संयुक्त राष्ट्र संघलाई उच्च मूल्यांकन गर्छ। तपाईँहरूले विश्व शान्ति कायम राख्न, विकासलाई समर्थन गर्न र हामीलाई राम्रो भविष्य निर्माण गर्न मद्दत गर्दै आउनुभएको छ। लामो समयदेखि संयुक्त राष्ट्र संघले नेपाल जनताको जीवन सुधार गर्न मद्दत गर्दै आएको छ। हामी यो सहयोगको कदर गर्छौँ।’

प्रतिक्रिया दिनुहोस