काठमाडौं । निर्वाचन आयोगले विगतको भन्दा निर्वाचन आचारसंहितामा कडाई गर्न लागेको छ । आयोगले फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारीका क्रममा निर्वाचन निर्देशिका, आचारसंहिता लगायतका विषयमा नयाँ प्रस्ताव गदै कडाई गर्ने तयारी थालेको हो ।
आयोगले गरेको आचारसंहिताको नयाँ प्रस्तावमा चुनाव प्रचारप्रसारका क्रममा धेरै झण्डाको प्रयोग रोक्न खोजेको छ । प्रस्तावित आचारसंहितामा झण्डाको प्रयोगसम्वन्धमा नयाँ प्रस्ताव गरिएको आयोगले जनाएको छ ।
जसअनुसार, कुनै पनि राजनीतिक दलले आयोजना गर्ने आमसभा, जुलुस कोणसभा वा घरदैलो जस्ता कार्यक्रममा बढीमा १० वटा मात्रै झण्डाको प्रयोग गर्न सक्ने प्रस्ताव गरिएको छ । दलको झण्डा आवश्यकताभन्दा बढी प्रयोग गरेर दुरुपयोग नहोस् भन्ने मनसायका साथ आयोगले त्यस्तो प्रस्ताव गरेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगले उम्मेदवार वा दलको कार्यालयमा साइनबोर्ड तथा कपडामा बनाई तीन × चार फिटको दलको झण्डा र सोही नापको चुनाव चिन्ह राख्नबाहेक दलको प्रचारप्रसार गर्ने उद्देश्यले कुनै पनि प्रकारको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न, श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रदर्शन गर्न नपाइने गरी ब्यवस्था गर्न खोजेको छ ।
त्यस्तै, निर्वाचन प्रचारका लागि घरदैलोमा जाँदा उम्मेदवार, प्रस्तावक, समकर्थकसहित २५ जनाभन्दा बढीको जुलुस प्रदर्शन गर्न नपाइने पनि आचारसंहितामा समेटन खोजेको छ । आयोगले चुनाव प्रचारका क्रममा जाँदा बाजागाजा तथा झाँकीसहित जान नपाइने व्यवस्था समेत गर्न लागेको छ ।
प्रस्तावित आचारसंहितामा १० वटा झण्डा र चुनाव चिन्ह प्रयोग गर्न तथा राजनीतिक दल तथा उम्मेदवारको नाम र चिन्ह भएको एउटामात्रै तुल वा फ्लेक्स राख्न पाइने प्रस्ताव गरिएको छ ।
अनलाइन, वेवपेज, टिभी, स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटिएम, काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारबारेमा कुनै पनि प्रचारप्रसार गराउन नपाइने पनि प्रस्ताव गर्न खोजेको छ ।
कुनै पनि प्रकारको भित्तेलेखन गर्न वा गराउन, चारपाङ्ग्रे गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायतका कुनै प्रकारका सवारी साधन प्रयोग गरी ¥याली आयोजना गर्न वा प्रचारप्रसार गर्न नपाइने जस्ता विषय आयोगले प्रस्ताव गर्न लागेको नयाँ आचारसंहितामा उल्लेख छ ।
यधपी, यसमा राजनीतिक दलहरुको प्रतिक्रिया भने आईसकेको छैन । आयोगले प्रस्ताव गर्न खोजेको नयाँ आचारसंहितामा उल्लेखित यी विषयमा पहिले आयोगले निर्वाचनमा सहभागी हुन चाहेका राजनीतिक दलहरुका बीचमा छलफल गर्नुपर्ने छ । त्यसपछि मात्र दलहरुको सहमतिमा आचारसंहिता जारी हुने आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ पुस २०८२, ०८ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन ३३ दिन बाँकी: आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ उम्मेदवारलाई सोधियो स्पष्टीकरण
निर्वाचन ३४ दिन बाँकी : विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
तनहुँमा निर्वाचनका लागि दुई हजार कर्मचारी परिचालन हुँदै
निर्वाचन ३५ दिन बाँकीः नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
चुनावको मुखैमा अदालतमाथी कांग्रेसको दवाव अभियान
निर्वाचन ३६ दिन बाँकीः आचारसंहिता अनुमगनका लागि अधिकृत तोकियो