काठमाडौँ । काठमाडौँ महानगरपालिका-१५ डल्लुबाट ६ जना जुवाडे पक्राउ परेका छन् । जुवातास खेलेको आरोपमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
डल्लुमा डेरा गरी बस्ने रौतहट वृन्दावन नरपालिका-६ घर भएका २८ वर्षीय शेख नाजिरको कोठामा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने रौतहट राजपुर नगरपालिका-४ घर भएका २१ वर्षीय इमरोज खान समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई ५७ हजार ४ सय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २८ मंसिर २०८२, १६ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा नगर सभापतिसहित १६ जना जुवाडे पक्राउ
१३ लाखसहित नेपालगन्जबाट १४ जना जुवाडे पक्राउ
१ लाख रुपैयाँसहित पाँच जुवाडे पक्राउ
रानीवनबाट आठ जुवाडे पक्राउ