काठमाडौँ । नेपालगन्जबाट ठूलो रकमसहित १४ जना जुवाडेलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
नेपालगन्जको बसपार्क नजिक रहेको मौरी रेष्टुरेन्टबाट १३ लाख ६३ हजार आठ सय रुपैयाँसहित नेपालगन्ज र कोहलपुरका १४ जना जुवाडेलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा गणेश बस्नेत, ऋषि गुप्ता, तरुण गौतम, विनोद खड्का, मो। सफिक बेहना, संगम शाह, मधुसुधन दाहाल, मेघराज गौतम, रमेश शाही, कोहलपुरका भागीरथ यादव, नन्दलाल यादव, सुमन केसी र रेष्टुरेन्ट सञ्चालक विज्ञान श्रेष्ठ रहेका छन् ।
उनीहरूलाई गए राति ११.बजे रेष्टुरेन्टमा तास खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
हाल उनीहरूलाई पक्राउ गरी कानुन बमोजिम कारबाही हुने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २३ असोज २०८२, १२ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१ लाख रुपैयाँसहित पाँच जुवाडे पक्राउ
रानीवनबाट आठ जुवाडे पक्राउ
२ लाख रुपैयाँसहित २६ जुवाडे पक्राउ
कञ्चनपुरमा डेढ लाखसहित ३७ जुवाडे पक्राउ