काठमाडौँ । झापाको गौरादहस्थित एक होटेलबाट रास्वपाका नगर सभापति जगत अधिकारीसहित १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिवार राती गौरादह नगरपालिका-५ स्थित स्कूलचौन बजारमा रहेको सत्कार होटलमा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई नियन्त्रणमा लिएको हो । रास्वपा गौरादहका सभापति अधिकारीको अगुवाइमा जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले होटलमा छापा मारेको थियो ।
प्रहरीले होटेल सञ्चालक दिलबहादुर मगर, युवराज खड्का, भरत कार्की, हृदय सुवेदी, टंक बराल, राम फुयाँल, केदार मगर, नवराज भट्टराई, रोशन खत्री, विनोद अधिकारी, दुर्गा पौडेल, मकर अधिकारी, अशोक काफ्ले, अर्जुन श्रेष्ठ र सुदिप चेम्जुङलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार पक्राउ गरिएकाहरूको म्याद थपका लागि प्रक्रिया अघि बढाइएको छ ।
उनीहरूको साथबाट प्रहरीले एक लाख ६ हजार ६ सय २० रुपैयाँ समेत बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ कार्तिक २०८२, १३ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१३ लाखसहित नेपालगन्जबाट १४ जना जुवाडे पक्राउ
१ लाख रुपैयाँसहित पाँच जुवाडे पक्राउ
रानीवनबाट आठ जुवाडे पक्राउ